अन्ततः सुशील एक्लै मैदानमा

काठमाण्डु टुडे २०७० माघ २६ गते १०:५३ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २६ माघ – गाणतन्त्र नेपालको नयाँ प्रधानमन्त्रीको चयन सोमबार हुँदैछ ।

नयाँ प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाको मात्रै उम्मेदवारी परेको छ ।

शनिबार कांग्रेससँगै मनोनयन पत्र लगेपनि एमालेले अन्ततः कांग्रेसलाई नै समर्थन गर्ने भएपछि भावी  प्रधानमन्त्रीका रुपमा कोइराला सिंहदरबार प्रवेश गर्ने पक्कापक्की भएको हो ।

कोइरालाले आइतबार अपरान्ह साढे ४ बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइरालाको प्रस्तावक कांग्रेस उपसभापति रामचन्द्र पौडेल छन् भने समर्थक एमाले संसदीय दलका नेता केपी ओली रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us