
काठमाण्डु, २६ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने बताएका छन् ।
रातो झिल्को त्रैमासिकले काठमाण्डुमा गरेको कार्यक्रममा भट्टराईले नयाँ निर्वाचन भएपछि राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्ने बताए ।
‘पहिलो संविधानसभा सकिएर नयाँ निर्वाचन भएपछि स्वत राष्ट्रपति निर्वाचन हुनुपर्छ,’ भट्टराईले भने ‘लोकतान्त्रिक प्रक्रियामा एउटै व्यक्ति रहिरहने भन्ने कुरा हुँदैन ।’
कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले लोकतन्त्रको विषयमा नेपालमा अझ धेरै बहस हुनुपर्ने बताए ।
लोकतन्त्रको नाममा विकृति देखिएको भन्दै गिरीले त्यसलाई हटाउन पनि बहस आवश्यक भएको बताए ।