एमालेले कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने

काठमाण्डु टुडे २०७० माघ २६ गते ९:१७ मा प्रकाशित

congress and umlकाठमाण्डु, २६ माघ – नेकपा एमालेले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भएको छ ।

आइतबार नयाँ बानेश्वरमा बसेको एमाले स्थायी समितिको बैठकले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो ।

वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई व्यवस्थापिका संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस सकारात्मक देखिएपछि एमालेले कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भएको छ ।

स्थायी समितिले कांग्रेसलाई समथर्न गर्ने निर्णय गरेसँगै एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने छैन । यसअघि शनिबार कांग्रेस र एमाले दुवै दलले प्रधानमन्त्रीको मनोनयन पत्र संसदबाट लगेका थिए ।

एमालेले समर्थन गर्ने भएसँगै कांग्रेस संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री बन्ने निश्चित प्राय भएको छ । दुईदलबीच सिंहदरबारमा सहमतिको मस्यौदा तयार भइरहेको बताइएको छ ।

दुई दलबीच प्याकेजमै सहमति गर्ने र त्यसका लागि प्याकेज निर्माणको तयारी भइरहेको एमाले अध्यक्ष झलनाथ खनालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us