काँग्रेस–एमालेबीच सहमति नभए गठबन्धन अघि सर्ने

काठमाण्डु टुडे २०७० माघ २६ गते ४:२७ मा प्रकाशित

एकीकृत माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको बैठकले सरकार बनाउने म्याण्डेट काँग्रेस–एमालेलाई रहेकाले त्यसलाई महत्व नदिने निष्कर्ष निकालेको हो ।

gathabandhanतर दुई ठूला दलको असहमतिले सरकार निर्माणमा ढिला भई मुलुकले निकास पाउने सम्भावना कमजोर बनेको अवस्थामा भने सोच्न सकिने निष्कर्षमा गठबन्धन पुगेको छ ।

एकीकृत माओवादी र पछिल्लोपटक मोर्चामा आवद्ध भएको मधेसी जनअधिकार फोरम नेपालले प्रतिपक्षमै बसेर एक वर्षभित्र नयाँ संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने बताए पनि अन्य दलले भने त्यसबारे औपचारिक निर्णय गरिसकेका छैनन् ।

निर्वाचनमा अनेपेक्षित पराजय बेहोरेपछि पहिचानसहितको संघीयता पक्षधर दलहरुले गठबन्धन निर्माण गरेका थिए । पछिल्लोपटक विजय गच्छदार नेृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पनि गठबन्धनमा सहभागी भएका छन् ।

पछिल्लोपटक विजय गच्छदार नेृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पनि गठबन्धनमा सहभागी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us