चार लिटर रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाण्डु टुडे २०७० माघ २५ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, २५ माघ– प्रहरीले काठमाण्डुबाट रक्त चन्दनको तेलसहित तीन जनालाई शनिबार पक्राउ गरेको छ ।
काठमाण्डुको सोल्टी मोडबाट ४ लिटर रक्त चन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ बसेरी–१ का ३१ वर्षीय श्याम तामाङ, रुकुम पौकोटका २६ वर्षीय टोपबहादुर पुन र  सोही ठाउँका ४६ वर्षीय जोलन पुन रहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी हुमेन्द्र बोगटीले बताए ।

एक लिटर रक्त चन्दाको तेल साँढे २ लाख रुपैयाँमा बेच्ने गरिरहेका बेला विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई महानरीय प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान अघि बढाइएको बोगटीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us