फेरि अनशन बसे डा. केसी

काठमाण्डु टुडे २०७० माघ २५ गते ८:४९ मा प्रकाशित

Govinda kcकाठमाण्डु, २५ माघ–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डा. गोविन्द केसी फेरि आमरण अनशन बसेका छन् ।
आफूले यसअघि अनसन तोड्दा गरेको सहमति कार्यान्वयन नभएको भन्दै केसी शनिबारबाट शिक्षण अस्पतमा पुन: अनशन बसेका हुन् । वरिष्ठाताका आधारमा डिन नियुक्ति र राजनीतिक हस्तक्षेप अन्त्यको माग गर्दै केसी यसअघि तीनपटक अनशन बसिसकेका छन् ।

केसीले चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा नयाँ डिन नियुक्ति र त्रिविका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् । अनशन थाल्नुअघि उनले मेडिकल माफियाको चंगुलमा फसेर सरकार र त्रिवि पदाधिकारीले आफूसँग भएको सहमति पालना नगरेकाले पुन: अनशन थालेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा विद्यमान राजनीतिक हस्तक्षेप र माफियाकरण अन्त्य नभएसम्म आन्दोलन नछाड्ने भनाइ केसीको छ । १४ दिने अनशनका कारण थलिएका केसी शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए ।

केसीले ५ सूत्रीय माग अघि सारेको छन् । उनले चिकित्साशास्त्र अध्ययन संस्थानमा जनभावना र सरकारको निर्णयविपरीत निर्णय गर्ने त्रिवि पदाधिकारीलाई कारवाही, यसअघिको प्रतिबद्धता  कार्यान्वयन, वरिष्ठताका अधारमा डिन नियुक्ति र नयाा मेडिकल कलेजलाई सम्बन्धन दिादा भएको अनियमितता छानबिन गरी लोषीमाथि कारबाहीको माग गरेका छन् ।

डा. केसीका ५ बुादे माग यस्तो छ ।

१) चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिलगायतका विषयमा जनभावनाविपरीत र सरकारको प्रत्यक्ष निर्देशनको समेत अवज्ञा गर्दै संस्थालाई अस्तव्यस्त बनाउने त्रिवि पदाधिकारीलाई कारबाही गर्दै बर्खास्त गरियोस् ।

२) तत्कालीन डिनलाई पुनः नियुक्त गरियोस् । उनी अनिच्छुक भएमा वरिष्ठताका आधारमा तत्काल डिन यिनुक्ती गरियोस् । त्रिविलगायत देशका सम्पूर्ण शैक्षिक र प्राज्ञिक निकायमा राजनीतिक भागभण्डा नभएर वरिष्ठताका आधारमा पदाधिकारी यिनुक्ति गर्ने व्यवस्था तत्काल लागू गरियोस्,

३) विगतमा छानविनको क्रममा दोषी पाइएका संस्थानका पूर्वपदाधिकारीलाई तत्काल कारबही गरियोस्, नयाँ मेडिकल कलेजलाई सम्न्वधन दिने प्रक्रियामा भएको अनियमितामा छानविन गरी सम्पूर्ण दोषीलाई तत्काल कारबाही गरियोस्,

५) अधिकांश नेपाली बासोबास गर्ने ग्रामीण क्षेत्रमा सरकारी मेडिकल कलेज स्थापना गरियोस् ।

५) अघिल्लो अनसनको क्रममा सरकारसँग भएका सम्झौताहरु अक्षरश पालना गरियोस् ।

केसीले भेटे राष्ट्रपति
यसैबीच डा. केसीले राष्ट्रपति रामवरण यादवलाई भेटी आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् । उनले अनशन थाल्नुअघि राष्ट्रपतिलाई भेटी त्रिविका समस्याबारे अवगत गराएका थिए । भेटमा केसीले राष्ट्रपतिलाई त्रिविको समस्या समाधानका लागि पहल गर्न भनेका थिए । जवाफमा राष्ट्रपतिले अनशन नबस्न सुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us