पुलिस ए डिभिजनको दोश्रो स्थानमा

काठमाण्डु टुडे २०७० माघ २४ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, २४ माघ– विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोश्रो स्थानमा उक्लिएको छ ।
A-Division-Leagueत्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले हराउँदै पुलिस लिग तालिकाको दोश्रो स्थानमा उक्लिएको हो ।

समान खेलबाट संकटाले समान २२ अंक जोडे पनि गोल अन्तरका आधारमा पुलिस दोश्रो स्थानमा उक्लिएको हो । जितसँगै पुलिसले कुल १२ खेलबाट २२ अंक जोडेको छ ।

१२ खेलबाट १८ अंक बटुलेको एपीएफ भने तालिकाको पाचौं स्थानमा छ । खेलको ४२ औं मिनेटमा पाएको पेनाल्टीको मद्धतमा पुलिसका भोला सिलवालले सुरुआती अग्रता दिलाए ।

दोस्रो हाफको ७७ औं मिनेटमा गोल गर्दै जुमानु राईले पुलिसलाई २–० मा पु¥याए । एपीएफले थुप्रैपटक पाएको गोल गर्ने अवसर गुमायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us