पुलिस र एपिएफ तथा जावलाखेल र मच्छिन्द्र भिड्दै

काठमाण्डु टुडे २०७० माघ २४ गते ५:३२ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, २४ माघ – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टिम नेपाल पुलिस र सशस्त्र प्रहरीको एपएफ तथा दोस्रो खेलमा मच्छिन्द्र र जावलाखेल युथ क्लव आमने–सामने हुनेछन् ।

सुपर सिक्समा स्थान सुरक्षित गरिसकेका पुलिस र एपिएफ उपाधि होडमा कायम रहन जितको खोजिमा हुनेछन् । यस्तै रेलिगेशनबाट बचिसकेको जावलाखेलले प्रतिष्ठाका लागि खेल्दा मच्छिन्द्र ३ अंक थप्ने प्रयासमा हुनेछ ।

जारी प्रतियोगितामा मनाङ, थ्रीस्टार, संकटा, नेपाल पुलिस, एपिएफ र मच्छिन्द्र क्लव सुपर सिक्समा पुगेका छन् भने, ब्वाइज युनियन र आरसीटी ‘बी’ डिभिजनमा घटुवा भएका छन् । सुपर सिक्समा पुगेका टिमहरुबीच पुनः अर्काे चरणमा लिग हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us