प्रहरीले २० लाख रुपैयाँ लुटेको आरोप

काठमाण्डु टुडे २०७० माघ २४ गते ५:१२ मा प्रकाशित

pestolभद्रपुर, २४ माघ – भद्रपुर, २४ माघ – झापाको मेचीनगरमा शुक्रबार बिहान एक मनिचेन्जर सञ्चालकको २० लाख रुपैयाँ लुटिएको छ ।

मेचीनगर–१० निवासी चन्द्र सिटौला घरबाट पाँच मिनेटको दूरीमा रहेको आफ्नो मनिचेन्जर पसलमा जाने क्रममा बिहान साढे ५ बजे दुई युवकले पेस्तोल तेर्स्याएर रकमसहितको झोला खोसेर फरार भएका हुन् ।

पिडित सिटौलाले घुमुवा प्रहरीहरु गणेश लुइँटेल र लेखराम वस्नेतले आफ्नो पैसा लुटेको आरोप लगाएका छन् ।

‘मुखमा पेस्तोल राखेर पैसा झिक भन्यो, सिटौलाले भने,’ त्यस्तो भन्नेको आवाज प्रहरी हवल्दार लुइँटेलको जस्ताो थियो ।’ तर, प्रहरीद्वयले आरोप निराधार रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us