नायिका चोपडा विरुद्ध मानहानीको रिट दायर

काठमाण्डु टुडे २०७० माघ २४ गते २:५६ मा प्रकाशित

sherlyn-chopraकाठमाण्डु, माघ – बलिउड नायिका शर्लिन चोपडा लगातार विवादमा तानिइरहेकी छिन् । कहिले फिल्म लीक भएको त कहिले निर्देशकका साथ झगडा भएका कारण बलिउडमा उनको चर्चा चुलिएको छ ।

यसैक्रममा उनले केही दिन अघि कामसूत्र ‘थ्री डी’ फिल्मका निर्देशक रुपेश पालले आफूलाई सेक्सको प्रस्ताव राखेको बताएकी थिइन् । उनको यस्तो अभिव्यक्ति पश्चात एक पटक त बलिउडमा हङ्गामा नै मच्चियो ।

यो विषय थप जटिल बन्दै गएको छ । निर्देशक पालले नभएको आरोप लगाएर मानहानी गरेको भन्दै नायिका चोपडा विरुद्ध अदालतमा रिट दायर गरेका छन् । यसको सुनुवायी आगामी मार्च ५ का लागि तोकिएको छ ।

यसअघि नै नायिका चोपडाले निर्देशक पाल विरुद्ध एफआईआर दर्ता गराएकी थिइन् । फिल्म निर्माण पक्षले आफूलाई ७ लाख रुपैयाँ नदिएको भन्दै चोपडाले मुम्बईको एक पुलिस स्टेसनमा उजुरी दर्ता गराएकी छिन् ।

निर्देशक–नायिकाबीचको झगडाले उग्र रुप लिँदै जाँदा निर्माण पक्षले उनलाई फिल्मको प्रमोशनमा सहभागी गरेका छैन । नायिका चोपडा भने आफ्नो नयाँ फिल्म ‘ब्याड गर्ल’को तयारीमा लागेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us