मतदाता भेट्न सिरहा पुगे प्रचण्ड

काठमाण्डु टुडे २०७० माघ २४ गते ४:२५ मा प्रकाशित

prachanda 2सिरहा, २४ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदाता भेटघाटका लागि शुक्रबार सिरहा पुगेका छन् । उनी स्वकीय सचिव चुडामणि खड्का र केही सुरक्षाकर्मीका साथ बिहानै सिरहाको लहान पुगेका हुन् ।

संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका उनले निर्वाचनपछि मतदातालाई धन्यवाद दिन गएका बेला हरेक महिना जनताका समस्या बुझ्न आफ्नो निर्वाचन क्षेत्र आउने प्रतिबद्धता जनाएका थिए ।

दुई दिने बसाइका क्रममा प्रचण्डले मतदातासहित पार्टी कार्यकर्तासँग साक्षात्कार गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

यसैबीच प्रचण्डले मध्याह्न चन्द्रोदयपुरस्थित जनता मावि परिसरमा आयोजित कार्यक्रमबीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दैछन् । उनी शनिबार राजधानी फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us