सौराहमा भ्यालेन्टाइन डे विशेष !

काठमाण्डु टुडे २०७० माघ २३ गते १४:१० मा प्रकाशित

saurahaकाठमाण्डु, माघ – प्रणय दिवसको अवसरमा आउँदो फागुन १ देखि ३ सम्म चितवनमा आठौं ‘सौराह फुड फेस्टिवल’ खाना महोत्सव हुने भएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन–सौराहाले गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक गोकर्ण गिरीले विशेष गरी युवामा प्रणय दिवस लोकप्रिय बन्दै गएकाले उनीहरुलाई लक्ष्य गरी होटेल तथा रेस्टुरेन्टमा केही छुटका साथ खाना महोत्सव गर्न लागिएको जानकारी दिए ।

सौराहा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको गन्तव्य भएको र त्यसलाई विकास गर्न स्थानीय आदिवासीको खाना, वेशभूषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने र सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने उहाँले बताए ।

सो अवसरमा स्थानीय विभिन्न जनजातिका खानाका साथै स्वदेशी खानाका परिकार र हस्तकला प्रदर्शनी तथा  सांस्कृतिक तथा खेलकुदका कार्यक्रम आयोजना गरिने छ । टिकटबाट उठेको पैसा सो क्षेत्रको विकास तथा सामाजिक कार्यमा खर्च गरिने बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us