रमेश खरेल भन्छन्, ‘कामका लागि पैसा लिने प्रहरीलाई छाड्दिन’

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:३९ मा प्रकाशित

ramesh Kharelकाठमाण्डु, २३ माघ–काठमाण्डु प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेलले उपत्यकामा हुने गरेको गुण्डागर्दी नियन्त्रणका लागि सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

खरेलले काठमाण्डुका प्रभाग, वृत्त र विटमा २१ बु“दे लिखित सर्कुलर पठाउँदै गुण्डागर्दी नियन्त्रणमा खटिन निर्देशन दिएका हुन् । गुण्डागर्दीका कारण उपत्यकाका सर्वसाधारण आजित भएकाले जनतालाई त्यसबाट मुक्त गर्नु प्रहरीको दायित्व भएको उनको पत्रमा छ ।

उनले कसैको दबाब वा प्रभावमा परेर नागरिकलाई सुरक्षा दिने जिम्मेवारीबाट विचलित नहुन निर्देशन दिएका छन् । उनले राज्यले दिएको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने सिलसिलामा आउने धम्की वा प्रभाव अस्वीकार गर्न पनि भनिएको छ ।

उनले शान्ति सुरक्षामा चुनौती दिने जो कोही पनि प्रहरीको नजरबाट उम्किन नसक्ने चेतावनी दिएका छन् । ‘कानुनभन्दा माथि कोही पनि नभएकाले कानुन उल्लंघन गर्ने जो कसैलाई कानुनी दायरामा ल्याएर दण्डित गराउने काममा अग्रसर हुनुस्’, निर्देशन पत्रमा भनिएको छ ।

यस्तै उनले नागरिकसँग शिष्ट व्यबहार गर्न पनि प्रहरीलाई निर्देशन दिएका छन् । खरेलले कुनै पनि कामका लागि जनतास“ग पैसा नलिन दिर्नेशन दिए त्यस्तो पाइए संलग्न प्रहरीमाथि नै कारबाही गर्ने चेतावनी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us