बैकुण्ठ मानन्धर र दीपक विष्टलाई २५/२५ लाख प्रदान

काठमाण्डु टुडे २०७० माघ २३ गते १२:४५ मा प्रकाशित

baikuntha manandharकाठमाण्डु, २३ माघ – सरकारले कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र तेक्वान्दो खेलाडी दीपक विष्टलाई जनही २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

मन्त्रिपरिषदको बैठकले यसअघि गरेको निर्णय बमोजिम सरकारले विष्ट र मानन्धरलाई रकम हस्तान्तरण गरेको हो ।

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले खेलाडीद्वयलाई रकम हस्तान्तरण गरे । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जितेका छन् भने धाबक मानन्धरले ३ वर्ष जितेका छन् ।

धावक मानन्धरले पहिलो, दोस्रो तथा तेस्रो साफ च्याम्पियनसिप प्रतियोगितामा लगातार तीन स्वर्ण हात पारेका थिए । धावक मानन्धरले दुई घण्टा १५ मिनेट तीन सेकेन्डमा बनाएको कीर्तिमानी अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।

यस्तै तेक्वान्दो खेलाडी विष्टले भने आठौं, नवौं, दशौं र ११ औं साफ च्याम्पियनसिपमा लगातार चार स्वर्ण जितेका थिए । सागमा लगातार चार स्वर्ण जित्ने कीर्तिमानी खेलाडी विष्ट सन्यास लिने तयारीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us