हात्ती पाइले रोगविरुद्ध अभियान, ९ लाख २९ हजारलाई औषधि ख्वाइने

काठमाण्डु टुडे २०७० माघ २३ गते १०:२६ मा प्रकाशित

विराटनगर, २३ माघ – मोरङमा यही माघ २५, २६ र २७ गते हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

जिल्लाको एक उपमहानगरपालिकासहित ६५ गाविसका नौ लाख २९ हजार जनतालाई घरघर गई औषधि खुवाइने छ ।

जनस्वास्थ्य कार्यालयले हात्ती पाइलेविरुद्धको औषधि सेवनको सम्बन्धमा जनमानसमा विभिन्न किसिमका भ्रमसमेत रहेकाले भ्रममा नपरी निर्धक्क भएर औषधि सेवन गर्न आज सर्वसाधारणसँग अनुरोध गरेको छ ।

वर्षैंपिच्छे लगातार ६ पटकसम्म औषधि सेवन गरे मानिसको शरीरबाट यो रोगको परजीवी पूर्णरुपमा समाप्त भएर जाने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us