हिमालयन शेर्पा र सरस्वतीले बराबरी खेल्दा मच्छिन्द्र र सशस्त्र सुपर सिक्समा

काठमाण्डु टुडे २०७० माघ २३ गते ९:५७ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, २३ माघ – हिमालयन शेर्पा र सरस्वती क्लवले बराबरी खेलेपछि शहीद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा पुग्न असफल भएका छन् ।

दशरथ रंगशालामा बिहीबार भएको खेलमा गोलरहित बराबरी खेलेपछि हिमालयन शेर्पा र सरस्वती सुपर सिक्समा पुग्न असफल भएका हुन् ।

१ खेल खेल्न बाँकी रहेको मच्छिन्द्र र सबै १२ खेल खेलेको हिमालयन शेर्पाको समान १६ अंक रहेको छ । अब मच्छिन्द्रले जाउलखेलसँग खेल्न बाँकी छ ।

मच्छिन्द्रलाई ८ भन्दा बढी गोल अन्तरले हराएको खण्डमा जाउलाखेलको पनि सुपर सिक्समा पुग्ने संभावना कायम छ ।

मनाङ मर्स्याङ्दी क्लव, थ्री स्टार क्लव, नेपाल पुलिस क्लव, संकटा क्लव र सशस्त्र प्रहरीको एपिएफ क्लबले यसअघि नै सुपर सिक्समा स्थान बनाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us