पूर्वलडाकु अधिकारी महासेनानीमा बढुवा

काठमाण्डु टुडे २०७० माघ २३ गते ९:१९ मा प्रकाशित

yam-bhadurकाठमाण्डु, माघ २३ – सरकारले नेपाली सेनाका प्रमुख सेनानी यमबहादुर अधिकारीलाई महासेनानीमा बढुवा गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

माओवादी पूर्व लडाकुहरु अधिकारीको नेतृत्वमा सेना समायोजनमा गएका थिए । यसैगरी सरकारले साउदी अरबको जेद्दाहमा रहेको वाणिज्य दुतावासलाई महावाणिज्य दुतावास बनाउने निर्णय गरेको छ ।

यस्तै उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको आर्थिक सम्मेलनमा सरकार पनि सहभागी हुने तथा तिब्बतको ल्हासामा फेब्रुअरी २५ मा हुने द्विपक्षीय बैठकमा गृहमन्त्रालयका सहसचिव शंकर कोइरालालाई पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us