राष्ट्रपति निर्वाचनबारे काँग्रेस–एमालेबीच छलफल हुँदै

काठमाण्डु टुडे २०७० माघ २३ गते २:२६ मा प्रकाशित

काठमाण्डु, २३ माघ– राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा सत्ता साझेदारीलगायत विषयमा सहमति खोज्ने प्रयासमा नेपाली काँग्रेस र एमाले वार्ता टोलीबीच आज पनि छलफल हुँदैछ ।
वार्ताको समय र स्थान भने खुलाइएको छैन । वार्तामा काँग्रेसले एमालेसमक्ष राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अडानबाट पछि हटेर मध्यमार्गी समाधान खोज्नुपर्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।
स्रोतका अनुसार राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको अडान छाडे आफ्नो नेतृत्वको सरकारमा एमालेलाई महत्वपूर्ण मन्त्रालय दिन काँग्रेस तयार छ ।
एमाले भने ताजा जनादेशअनुसार सरकार गठनअघि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अडानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us