म पार्टी अध्यक्ष बन्दिन : बाबुराम भट्टराई

काठमाण्डु टुडे २०७० माघ २२ गते १५:३४ मा प्रकाशित

baburam_250काठमाण्डु, २२ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफू तत्काल पार्टी अध्यक्ष नबन्ने बताएका छन् । आफू कहिल्यै पनि पदको आकांक्षी नभएको भन्दै भट्टराईले नयाँ पुस्तालाई अघि सानुपर्छ भन्नेमा आफू रहेको बताए ।

‘व्यक्तिगत रुपमा म कहिल्यै पनि पदको आशक्ति राख्दिन,’ बीबीसी नेपाली सेवासँगको कुराकानीमा भट्टराईले भने, ‘आफू कार्यकारी पदमा नबसी वैचारिक राजनीतिक नेतृत्व गर्न चाहने मेरो ईच्छा छ ।’

आफूले जहिले पनि परम्परागत कम्युनिष्ट पार्टी भन्दा फरक खालको पार्टी निर्माण गर्न खोजेको भन्दै भट्टराईले अहिले पनि त्यसैको लागि लडाईंमा रहेको बताए ।

भट्टराईले परम्परागत कम्युनिष्ट पार्टीहरु व्यक्तिकेन्द्रीत भएको भन्दै आफू व्यक्ति भन्दा पनि सिद्धान्तप्रति प्रतिबद्ध भएर अघि बढ्ने दावी गरे ।

‘परम्परागत कम्युनिष्ट पार्टीहरुले सिद्धान्तलाई गौण माने’ भट्टराईले भने, ‘म अहिले व्यक्ति केन्द्रित भन्दा पनि सिद्धान्त केन्द्रित पार्टी निर्माण र शक्ति प्रँप्तिको लडाईंमा छु ।’

भट्टराईले पार्टी र सत्ताको नेतृत्वमा नबसी जनताको सेवा गर्ने आफ्नो इच्छा भएको समेत बताए । उनले आफूले कहिले पनि शक्तिप्रति इच्छा नदेखाएको भन्दै अहिलेका लागि एक् वर्षसम्म कुनै पनि पदमा नबस्ने भनेको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us