विश्वकप अघि नेपालले आयरल्याण्ड र युएईसँग खल्ने

काठमाण्डु टुडे २०७० माघ २२ गते १३:०६ मा प्रकाशित

Nepali Cricketकाठमाण्डु, २२ माघ – आउँदो फागुनको अन्तिम साता बंगलादेशमा सुरु हुने ट्वान्टी–ट्वान्टी विश्वकप अघि नेपालले दुई वटा अभ्यास खेल खेल्ने भएको छ ।

इन्टरनेशनल क्रिकेट काउन्सिल आइसिसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले फागुन २८ गते आयरल्याण्डसँग र फागुन ३० गते युएईसँग अभ्यास खेल्ने भएको हो ।

नेपालको अभ्यास खेल फतुल्लाहमा हुने छ ।

प्रतियोगिता भने नेपालले चैत २ गते हङकङसँग, ४ गते बंगलादेशसँग ६ गते अफगानिस्तानसँग खेल्ने छ ।

यो समूहको विजेता सुपर १० मा पुग्ने छ र भारत, पाकिस्तान, अष्ट्रेलिया र वेष्टइण्डिज रहेको ग्रुपमा पुग्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us