मनाङलाई पाँच अंकको अग्रता

काठमाण्डु टुडे २०७० माघ २१ गते ३:४४ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, २१ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ ।

फ्रेन्डसलाई चार शून्यले हराएको मनाङलाई फाइदा थ्रीस्टार बराबरीमा रोकिँदा पुग्यो ।

पहिलो खेलमा फ्रेन्डसलाई फराकिलो अन्तरमा हराउने क्रममा अनिल गुरुङले ह्याट्रिक गरे भने एक गोल रुपेश केसीले गरे ।

मनाङले ११ खेलबाट २६ अंक जोडेको छ भने समान खेलबाट थ्रीस्टारले २१ अंकमात्रै जोडेको छ ।

मंगलबारै भएको दोस्रो खेलमा आर्मीसँग १–१ को बराबरीमा रोकिएपछि थ्रीस्टारले अंक दूरी घटाउने मौका गुमायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us