हिमालयन शेर्पालाई हराउँदै संकटा सुपरसिक्स नजिक

काठमाण्डु टुडे २०७० माघ २० गते ९:५४ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, २० माघ – हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गरेसँगै संकटा क्लवले राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा सुपरसिक्समा स्थान बनाउने लभगग निश्चित भएको छ ।

११ खेलबाट १९ अंक जोड्दै अंक तालिकाको चौंथो स्थानमा उक्लिएको संकटा सुपरसिक्समा पर्ने लगभग निश्चित भएको छ ।

दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा संकटालाई महत्वपूर्ण ३ अंक दिलाउने क्रममा ६५ औं मिनेटमा राजिव गुरुङ र त्यसको ३ मिनेट पछि कालु थापाले गोल गरे । ८९ औं मिनेटमा शेर्पाले सान्त्वना गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त भएन ।

११ खेलबाट १५ अंक मात्रै जोडेको हिमालयन शेर्पाको अन्तिम ६ मा स्थान बनाउने गणितिय सम्भावना अझै जिवित छ ।

१३ टिम सहभागी प्रतियोगिताबाट मनाङ मस्र्याङ्दी, थ्रीस्टारले यसअघि नै सुपरसिक्समा स्थान बनाएका छन् भने, समान १९ अंकमा रहेका नेपाल पुलिस र संकटाको पनि स्थान लगभग पक्का छ । बाँकी एक खेल फराकिलो अन्तरले नगुमाएमात्रै पनि यी दुई टिमले अन्तिम ६ मा स्थान बनाउने छन् ।

अब एपिएफ, मच्छिन्द्र, हिमालयन शेर्पा र सरस्वति मध्येका २ दुई टिम सुपरसिक्समा पुग्नेछन् । आरसीटी र ब्वाईज युनियन रेलिगेशनमा परिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us