काठमाण्डु, १९ माघ – ६ पटकको ए डिभिजन लिग विजेता आरसिटी रेलिगेसनमा परेको छ ।
आइतबारको खेलमा जाउलाखेल युथ क्लवसँग एक शून्यले पराजित भएसँगै आरसिटी रेलिगेसनमा परेको हो ।
११ खेलबाट ४ अंक जोडेको आरसिटी तालिकाको पुछारमा छ । आरसिटीले अब दुई खेल खेल्न बाँकी छ ।
लिगको सुरुमै तीन अंक ऋण बोकेर लिग सुरु गरेको आरसिटीले दुई जित र एक बराबरीको नतिजा निकाल्यो । यस पटक आरसिटी र ब्वाइज युनियन रेलिगेसनमा परे ।