
काटमाण्डु, १७ माघ – भारतीय कप्तान महेन्द्र सिंह धोनी सबैभन्दा छिटो ८ हजार रन हान्ने चौथो खेलाडी बनेका छन् ।
उनले न्यूजिल्याण्डसँगको अन्तिम एकदिवसीय खेलमा ८ हजार रन पुरा गरेका हुन् ।
छिटो ८ हजार रन बनाउने खेलाडीको सूचीमा भारतका सचिन तेन्दुलकर पहिलो, भारतकै पूर्वकप्तान सौरभ गाङ्गुली दोस्रो र वेष्टइन्डिजका ब्राएन लारा तेस्रो स्थानमा छन् ।
धोनीले २ सय १४ इनिङमा ८ हजार रन हानेका हुन् । ३२ वर्षीय धोनी भारतका विकेट किपर ब्याट्सम्यान हुन् ।