ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १६ गते २:५७ मा प्रकाशित

इलाम, १६ माघ – इलामको कोल्बुङ–९ किटेनीमा ट्रकको ठक्करबाट विहीबार बिहान एक महिलाको मृत्यु भएको छ । इलामबाट बिर्तामोडतर्फ काठको गोलिया लिएर जाँदै गरेको ना २ ख ८३४७ नम्बरको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

मानसिक सन्तुलन गुमाएकी ती महिलाको सनाखत भएको छैन । चालक र ट्रक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us