हत्याको आरोपमा दुई पक्राउ

काठमाण्डु टुडे २०७० माघ १५ गते १३:५१ मा प्रकाशित

बनेपा,  १५ माघ– काभ्रेमा एक महिलालाई हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेको चौवास गाविस–६ की ६७ वर्षीया मसिनी तामाङको हत्या गरी फरार २० वर्षीय सूर्यबहादुर तामाङ र २३ वर्षीय सोनाम तामाङलाई जोरपाटी गाविस–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरूले महिलाको हत्या गरेर घरमा रहेको गरगहना र मोबाइलसमेत लुटेको प्रहरीले जानकारी दिएको छ । पक्राउमा परेका दुवै जनाबारे जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उनीहरूले माघ १३ गते राति उनको हत्या गरेका थिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us