
तानसेन, १५ माघ– दलित संघ पाल्पाका अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सदस्य लक्ष्मण हिताङ लागुऔषध गाँजासहित तानसेन–११ जैसीचोपारीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ३८ वर्षीय हिताङसहित चारजना अन्य पनि पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्य तीन जनामा तानसेन–११ का २४ वर्षीय जीवन परियार, ३८ वर्षीय मीठा हिताङ र ५३ वर्षीया लक्ष्मी सारु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरूको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । पाल्पा जिल्ला सदरमुकाम तानसेन आसपासका क्षेत्रमा लागुऔषधको बढ्दो प्रयोग रहेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार लागुऔषधको कारोबार गर्नेहरू ३० देखि ५० वर्ष बीचका महिला पुरुष बढी रहेका छन् । रासस