
काठमाण्डु, १५ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको पहिलो खेल बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र मच्छिन्द्र क्लवले १–१ गोलको बराबरी खेलेका हुन् ।
टेकबहादुर घर्तीको गोलबाट ११ औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिन पुग्यो । मच्छिन्द्रका लागि उत्तम गुरुङले खेलको ४१ औं मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ठ गोल गरे ।