यसअघिका सहमतिको स्वामित्व ग्रहण गरिने

काठमाण्डु टुडे २०७० माघ १५ गते ७:५५ मा प्रकाशित

Biccकाठमाण्डु, १५ माघ – विघटित संविधानसभाले सहमतिमा टुंग्याएका विषयको स्वामित्व दोस्रो संविधानसभाले ग्रहण गर्ने भएको छ । सोही प्रयोजनका लागि बुधबार बस्ने संविधानसभाको बैठकमा दुई बुँदे प्रस्ताव पेश हुँदैछ ।

एक वर्षभित्र संघीय लोकतान्त्रिक गणतन्त्रात्कमक संविधान जारी गरिसक्ने र अघिल्ल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने दुई बुँदे प्रस्तावमा उल्लेख छ । दलहरुले सो प्रस्ताव बुधबार नै पारित गर्ने तयारी गरेका छन् ।

नयाँ बानेश्वरमा स्थित संविधानसभा भवनमा बसेको कार्यदल बैठकले प्रस्ताव तयार पारेको हो ।

यसअघि मंगलवार साँझ बसेको तीन दलको बैठकले मस्यौदा तयार पार्न कांग्रेसका कृष्ण सिटौला र महेश आचार्य, एमालेका वामदेव गौतम र भीम रावल तथा एमाओवादीका नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिवद्धता जनाएका दलहरुले अघिल्लो संविधानसभामा सहमतिमै टुंगिएका विषयको स्वामित्व ग्रहण गर्दा समयमै संविधान निर्माण गर्न सहज हुने बताउँदै आएका छन् ।

यद्यपी राप्रपा नेपालले भने सबै विषयमा यही संविधानसभामा छलफल गरेर अघि बढ्नु पर्ने माग गरेको छ । यसअघि संविधनसभाको पहिलो बैठकमै यस सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी भएपनि राप्रपा नेपालले गर्न सक्ने विरोधलाई मध्यनजर गर्दै यसलाई थाती राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us