राप्रपा नेपालको राष्ट्रिय सम्मेलन काठमाण्डुमा

काठमाण्डु टुडे २०७० माघ १४ गते १२:०७ मा प्रकाशित

Rpp nepalकाठमाण्डु, १४ माघ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण गर्ने काममा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन् ।

काठमाण्डुमा सुरु पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले एक वर्षभित्र संविधान निर्माण गर्ने गरी द्रुतगतिको विधि र प्रक्रिया सम्बन्धमा आफूले संविधानसभामा प्रस्ताव पेस गर्ने बताए ।

तीन दिनसम्म चल्नेसम्मेलनमा पार्टी अध्यक्ष थापाले समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशासम्बन्धीे र महामन्त्री चन्द्रबहादुर गुरुङले संगठन सुदृढीकरणसम्बन्धी सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवम् प्रेस संयोजक मोहन श्रेष्ठले जानकारी दिए । स

म्मेलनमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फका २ सय ३८ उम्मेदवार, ७५ वटै जिल्लाका जिल्ला अध्यक्षहरू, भ्रातृ सङ्गठनका पदाधिकारी, बुद्धिजीवी गरी करिब ७ सय जनाको सहभागिता रहने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us