शीतलहरका कारण विमानसेवा अवरुद्ध

काठमाण्डु टुडे २०७० माघ १३ गते ८:११ मा प्रकाशित

झापा, १३ माघ – पूर्वी तराईमा चार दिनदेखि व्यापकरुपमा जाडो बढेपछि जनजीवन प्रभावित हुनुका साथै बाक्लो हुस्सुका कारण विमान सेवासमेत अबरुद्ध भएको छ ।

जाडो अत्याधिक बढेपछि यसको प्रभाव सदरमुकाममा पनि परेको देखिन्छ । दैनिक कामकाजका लागि भद्रपुरस्थित सदरमुकाम आवतजावत गर्ने सेवाग्राहीहरु न्यूनरुपमा मात्रै आउने गरेकाले अधिकांश कार्यालय सुनसान भएका छन् ।

बाक्लो कुहिरोका कारण काठमाण्डुबाट भद्रपुरमा हुने उडान सेवा पनि लगातार तीन दिनदेखि अबरुद्ध भएको छ । नागरिक उड्डयन कार्यालय भद्रपुरको अनुसार आज पनि मौसममा सुधार नभएकाले उडान सेवा रद्द हुने सम्भावना छ ।

विमान सेवा सञ्चालन नभएपछि विमानका यात्रुहरु मारमा परेका छन् । ती यात्रुमध्ये कतिपय यात्रुहरु बसबाट नै राजधानीतर्फ जान बाध्य भएका छन् । दैनिकरुपमा काठमाण्डुबाट भद्रपुरका लागि बुद्ध एयर र यति एयरको दुई–दुईवटा उडान सेवा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us