पूर्वप्रधानन्यायाधीश उपाध्याय सिकिस्त

काठमाण्डु टुडे २०७० माघ १२ गते १२:५७ मा प्रकाशित

bishwanath.0काठमाण्डु, १२ माघ– पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय मस्तिष्काघात (ब्रेन ह्यामरेज) का कारण बाँसबारीस्थित राष्ट्रिय इन्स्टिच्युट अफ न्युरोलोजिक र एलाइड साइन्सेजमा शनिबार भर्ना भएका छन् ।

२०४७ को संविधान मस्यौदा समितिका अध्यक्षसमेत रहेका ८४ वर्षीय उपाध्यायको मस्तिष्कमा रगत जमेको पाइएको र वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको नेतृत्वको टोलीले जमेको रगत हटाउन आकस्मिक शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

उनको मस्तिष्कमा रगत जमेका कारण चेतना शक्ति ह्रास हुँदै गएको अस्पतालद्वारा आज जारी स्वास्थ्य बुलेटिनमा जनाइएको छ ।

उपाध्यायलाई शल्यक्रियापछि रातभरि भन्टिलेटरमा राखिएकामा आइतबार विहानदेखि भेन्टिलेटर हटाइएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ । उनको उमेरको अवस्थाको कारण ठूलो स्तरको शल्यक्रियालगायतका थप उपचारमा कठिनाइ भएको अस्पतालका प्रशासकीय अधिकृत विधायकर अधिकारीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us