नायिका सबिना कार्की कस्की दुलही ?

काठमाण्डु टुडे २०७० माघ १२ गते ३:२० मा प्रकाशित

sabina-karkiनायिका सविना कार्कीले आफू दुलही बनेको तस्विर सार्बजनिक गरेकी छन् । सामाजिक सन्जाल फेसबुक मार्फत् सार्बजनिक उनको तस्विरले चलचित्र क्षेत्रमा चासो बढायो ।

उनले ‘लगन जुर्यो’ लेखेर दुलहीझैं सिँगारिएको तस्विर सामाजिक सन्जाल फेसबुकको भित्तोमा राखेकी छन् । लगनको सिजनमा सार्बजनिक भएको उनको यस्तो अभिव्यक्ति सहितको तस्विरले सिने जगतमा साँच्चै लगन जुरेको हल्ला चल्यो । कसैकी दुलही बन्ने उमेरमा दौडदै गरेकी कार्कीले भित्तोमा आफ्नो भित्री रहर सार्वजनिक गरेकी रहिछन् ।

उनको लगन रियल लाईफमा नभएर रिल लाइफमा मात्र जुरेको रहेछ । पछिल्लो पटक सुटिङ् भैरहेको फिल्म ‘रफ्तार’मा उनी कसैकी दुलही बनेकी छन् । तर वास्तविक जीबनमा कस्की दुलही बन्नेछिन् त्यो भने केही समय पर्खिनै पर्ने भएको छ ।

स्रोत : ईएनएनएन नेपाल डटकम

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us