प्रजिअ बाढीपीडित क्षेत्रको अनुगमनमा

काठमाण्डु टुडे २०७० माघ ११ गते ६:०७ मा प्रकाशित

दार्चुला, ११ माघ – दार्चुलामा साउन अन्तिम साता नौगाँड खोलामा आएकोे बाढीले पुर्याएको क्षतिको अनुगमन गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्यस क्षेत्रका बाढीपीडितले स्थलगत अनुगमन गरिदिन माग गरेपछि त्यसतर्फ प्रजिअ त्यसतर्फ गएका सहायक प्रमुख जिल्ला अधिकारी हर्कबहादुर सिंहले जानकारी दिए ।

साउनको अन्तिम सातादेखि भदौको पहिलो सातासम्म नौगाँड खोलामा आएको बाढीले विद्यालय भवन, खानेपानीका पाइप, लघुजलविद्युत् आयोजना लगायत ३३ घरपरिवारलाई प्रभावित पारेको थियो ।

बाढीपीडित क्षेत्रमा जिल्ला प्रशासनको टोलीले लगत सङ्कलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिको मापदण्डअनुसार प्रतिपरिवार रु २० हजारका दरले राहत रकम वितरण गरेको थियो ।

त्यतिबेला जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाले खाद्य सामग्री भाँडाकँुडा, लत्ताकपडालगायतका सामग्री वितरण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us