
काठमाण्डु, ८ माघ – नेपालीलाई जापानी कला, संस्कृति र सभ्यताबारे परिचित गराउन माघ १० गतेदेखि काठमाण्डु र पोखरामा जापानी फिल्म महोत्सवको आयोजना हुने भएको छ ।
काठमाण्डुको राष्ट्रिय नाचघरमा माघ १० गतेदेखि तीन दिनसम्म र पोखराको उद्योग वाणिज्य संघ हलमा माघ १८ गते एकदिन जापानी चलचित्र प्रदर्शन गरिन लागेको हो ।
ती चलचित्रको अंग्रेजी भाषामा समेत भाषानुवाद हुने र पहिले आउने दर्शकलाई निःशुल्क प्रवेश गराइने जापानी दूतावासले जनाएको छ ।
सो महोत्सवबाट नेपाली जनताले नेपाली र जापानी चलचित्रबीचको समानता र अन्तरबारे तुलना गर्न पाउने छन् ।