
एक व्रिटिश डेटिङ साइटले अनौठो चिठ्ठा खोलेको छ । चिठ्ठाको मुख्य आकर्षण यसको ज्याकपट हो । डेटिङ साइटको दावी छ कि ज्याकपट जीत्नेले एक सुन्दरी युवतीसँग सेक्सको रोमान्चक मौका पाउने छ ।
विवाहित व्यक्ति भने यो चिठ्ठामा भाग लिन पाउने छैनन् । साइटले पहिले नै यो केबल कुमार केटाहरुको लागि मात्रै हो भनेर स्पष्ट पारेको छ ।
डेली स्टार पत्रिकाको रिपोर्ट अनुसार ‘फर्गेट डिनर’ नाम दिइएको यस डेटिङ वेबसाइटले लट्री बिजेताको लागि ‘अल्टीमेट ब्लाइन्ड डेट’ को प्रतिबद्धता जनाएको छ । यसमा शीशाको छत, विशाल बाथरुम, बाटुलो बेड र एक डान्सिङ्ग पोल भएको सेक्सी होटलको कोठामा एक रात बिताउने व्यवस्था मिलाइएको छ । यस्तो खालको सेक्सी कोठा ब्रीघटनको पेलिरोक्को होटलमा रहेको बताइएको छ ।
सो साइटले हालसम्म लट्रीको लागि ११ हजार जनाले आफ्नो नाम दर्ता गराइसकेको दावी गरेको छ ।