ज्योतिषले दिए सभासदलाई प्रमाणपत्र

काठमाण्डु टुडे २०७० माघ ३ गते १२:०५ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, माघ– राप्रपा नेपालले शुक्रबार आफ्ना सभासदलाई प्रमाणपत्र दिएको छ ।

अन्य पार्टीका अध्यक्षले सभासदलाई प्रमाणपत्र दिएको भएपनि राप्रपा नेपालले भने ज्योतिषलाई बोलाएर सभासदलाई प्रमाणपत्र दिएको छ । पार्टी कार्यालयमा ज्योतिषी डा लोकराज पौडेलले सभासदलाई प्रमाणपत्र दिए ।

कार्यक्रममा अध्यक्ष कमल थापाले राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य कायम हुनुपर्ने माग यथावत रहेको बताए ।

काँग्रेस र एमालेको दम्भले संविधान नबन्ने खतरा कायम रहेको थापाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us