हड्ताल गरिरहेका डाक्टरविरुद्ध रिट

काठमाण्डु टुडे २०७० माघ ३ गते ९:०६ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, ३ माघ – शिक्षण अस्पतालका चिकित्सको हड्ताल तत्काल अन्त्य गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

उनीहरुलाई हड्ताल नगर्न नगराउने आदेशको माग गर्दै अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले रिट दायर गरेका हुन् । अत्यावश्यकीय सेवा ऐन विपरित चिकित्सकले हड्ताल गरेको भन्दै उनले हड्ताल गरेका हुन् ।

रिटमा अस्पतालको कामकारबाही अवरुद्ध हुने गरी गरिएको हड्ताल तत्काल अन्त्य गर्न आदेश माग गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

तिमिल्सिनाले अनसनरत चिकित्सक डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि माग गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई नियुक्त गरेको विरोधमा केसीले थालेको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै शिक्षण अपस्तालका डाक्टरले शुक्रबारदेखि आकस्मिक सहितको सेवा बन्द गरेपछि रिट परेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us