अमिताभ बच्चन भारतको राष्ट्रपति !

काठमाण्डु टुडे २०७० माघ २ गते ३:३६ मा प्रकाशित

Amitabh-Bachchanअमिताभ बच्चनलाई नचिन्ने सायदै होलान् । कुनै समय उनी खेलेका चलचित्र सफल नभएपछि घरबार सबै बेचेर सुकुम्बासी सरह बनेका अमिताभ अहिले भारतमा मात्र नभइ विश्वभर नै सफल अभिनेताको रुपमा परिचित छन् । उनलाई धेरैले सम्मान गर्छन् ।

बलिउड कै अर्का अभिनेता शत्रुघ्न सिन्हा भने अमिताभ बच्चनका कट्टर आलोचक मानिन्छन् । उनी समय समयमा अमिताभको कडा आलोचना गर्छन् । तर बुधबार राती मुम्बईमा भएको स्क्रीन पुरस्कार समारोहमा उनले अमिताभ बच्चनको प्रशंसा गर्दै भारतीय राष्ट्रपति बनाउनु पर्ने बताए ।

सो कार्यक्रममा अमिताभलाई लाईफ टाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिएको थियो । यो पुरस्कार शत्रुघ्न सिन्हाले नै अमिताभलाई दिए । पुरस्कार अमिताभको हातमा थमाउँदै सिन्हाले भने, ‘अमिताभ बच्चन फिल्म इन्डष्ट्री र देशको गौरव हुन् । उनी देशको राष्ट्रपति बन्नुपर्छ ।’

धेरै फिल्ममा एकसाथ काम गर्दै आएका अमिताभ र शत्रुघ्न सिन्हाबीच लामो समयदेखि आत्मीय सम्वन्ध छैन । अमिताभले आफ्नो छोरा अभिषेक बच्चनको विहेमा समेत सिन्हालाई बोलाएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us