
काठमाण्डु, १ माघ–इजिप्टको नयाँ संविधानको लागि गरिएको जनमत संग्रहमा हिंसात्मक घटना हुँदा नौं जनाको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले जनमत संग्रह विथोल्न खोज्नेहरु विरुद्ध गरिएको कारवाहीमा नौंजनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
अपदस्थ राष्ट्रपति मोहमद मोर्सिको नेतृत्वको सरकारको पालामा बनेको संविधान परिवर्तन गर्न हालको सैनिक नेतृत्वको सरकारले जनमत संग्रह गरेको हो । मोर्सिको पार्टी मुस्लीम ब्रदरहुडले जनमत संग्रहको विरोधमा बिभिन्न गतिविधि सन्चालन गर्दै आएको छ । सैनिक सरकारले मोर्सिको पार्टीलाई आतंककारी घोषणा गरेको छ ।
देशभर कडा सुरक्षा प्रवन्ध गरिए पनि ठाउँ ठाउँमा बम विष्फोट र झडपका घटना भैरहेका छन् । जनमत संग्रह सुरु हुनु अघि इम्बाबा इलाकामा भएको बम विष्फोट भएको थियो ।
मंगलबार पहिलो दिनको जनमत संग्रह सम्पन्न भएको छ ।