बलीउड सुन्दरीका छोरीहरु कस्ता ?

काठमाण्डु टुडे २०७० पुष २६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, पुस – बलीउडमा आफ्नो सौन्दर्य र अभिनयको माध्यमबाट ख्याति कमाएका कतिपय अभिनेत्रीहरु आमा बनिसकेका छन् । आफ्नो रुपको जादुले करौडौंको दिल चोर्न सफल नायिकाका छोरीहरु कस्ता छन् त ? काठमाण्डु टुडेले बलीउडका केही नायिकाको छोरीहरुको फोटो फेला पारेको छ ।

aishworya

साधारण आराध्या
ऐश्वर्या राया र अभिषेक बच्चनको एक मात्र सुपुत्री आराध्या बच्चनको रुपमा आमाकोजस्तो जादु देखिएको छैन । हुन त उनको उमेर निकै नै कम छ, तर पनि उनको मुहारमा सुन्दरी आमाकोजस्तो चमक देखिँदैन । आमाको अघि आराध्या निकै नै फिक्का देखिएकी छिन् ।

sridevi-52ce32adcb618_exlst

श्रीदेवीजस्तो सुन्दर छैनन् उनका छोरीहरु
श्रीदेवी बलीउडमा आफ्नो रुपको जादुले करोडौंलाई मन्त्रमुग्ध पार्न सफल अभिनेत्री हुन् । हालै टेलिचलचित्र इंग्लीश–भिंग्लिशमा देखिएकी श्रीदेवीलाई पहिलेजस्तै सम्मान मिलेको छ । उनको रुपले कैयल घायल छन् । उनका छोरीहरुबाट पनि यस्तै अनुमान गरिँदै छ । तर श्रीदेवीका छोरीहरु आमाजस्तो सुन्दर देखिएका छैनन् । उनकी जेठी छोरी जाहन्वीलाई केहीसमय अघि फिल्ममा अफर आएको कुरा पनि सार्वजनिक भएको थियो ।

raveena-tandon-52ce32efebeb0_exlst

के रवीनाजस्तै कमाल गर्न सक्लिन रशाले ?
रवीना पनि एक छोरीकी आमा बनिसकेकी छिन् । उनको छोरीको नाम रशा हो । रशाको मुहारमा पनि रवीनाकोजस्तै चमक देख्न सकिन्छ । भविश्यमा उनीपनि आमाजस्तै देखिनसक्ने अड्कल काटिँदै छ ।

mahima-52ce33223ebcf_exlst

महिमाको छोरी अझै सानै
महिमा चौधरीको पनि एउटी छोरी छिन् । उनकी छोरी अर्याना अझै निकै सानो छिन् । तर पनि यी प्रतिभावान नायिकाको छोरी फिल्ममा आउन चाहिन भने त्यो हुनसक्छ । तपाई आफैं हेर्नुस् उनको अनुहार आमासँग कति मिल्छ ?

juhi-chawla-52ce338880baa_exlst

जूहीकी छोरी आमाजस्तो छैनन्
आफ्नो मुस्कानले करोडौंलाई मन्त्रमुग्ध पार्ने जूही चावला आजपनि चुलबुल र सुन्दर देखिन्छिन् । उनले आफ्नो फिट्नेसको अझैपनि उस्तै ख्याल गरेकी छिन् । यद्यपी उनकी छोरी जान्हवीमा उनको जस्तो सुन्दर मुस्कान देखिने छाँट छैन । उनी जूहीकी एकमात्र छोरी हुन् ।

karisma-kapoor-52ce3358209b6_exlst

करिश्माको छोरी पनि आमाभन्दा कम
करिश्मा कपूर बलीउडमा सेक्सी हीरोइनको पहिचान बनाउन सफल नायिका हुन् । अहिले उनकी छोरी समायरा पनि ठूलो हुँदै छिन् । यद्यपी समायरामा आमाको रुपमाजस्तो सुन्दरता देख्न सकिन्न । उनी आमाभन्दा कैयन गुणा साधारण देखिन्छिन् ।

अमरउजालाको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us