यी हुन् उपभोक्ता ठग्ने सहकारीहरु

काठमाण्डु टुडे २०७० पुष २६ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, २६ पुस – समस्याग्रस्त सहकारी छानबिन गर्न गठित जाँजबुझ आयोगले सहकारी सञ्चालकलाई झिकाउन आदेश जारी गरेको छ ।

समस्याग्रस्त सहकारी छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चालकलाई तत्काल झिकाउन शुक्रबार आदेश दिएका हुन् ।

बचतकर्ताले दिएका विभिन्न उजुरीलाई आधार मान्दै आयोगले शुक्रबार विभिन्न क्षेत्रका पाँच बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई झिकाउन आदेश जारी गरिएको हो ।

जसमा ओरेन्टल कोअपरेटिभ लिमिटेड मैतीदेवी, एक्जिम बहुउद्देश्यीय सहकारी थापाथली, गुण मल्टिपर्पाेज कोअपरेटिभ लिमिटेड र पुल्चोक–ललितपुर प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ ललितपुर छन् ।

यसअघि आयोगले ६३ बचत सहकारी संस्थाका सञ्चालकलाई झिकाउन आदेश जारी गरिसकेको छ । ती संस्थामा कुबेर बचत तथा ऋण सहकारी संस्था महाराजगन्ज, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड पुतलीसडक, प्रभु बचत तथा ऋण सहकारी संस्था लि नयाँ सडक, शुभश्री कोअपरेटिभ लिमिटेड पुतलीसडक, नवराजधानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाण्डु, मिलेनियम बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिल्लीबजार, कोहिनुर हिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँ सडक र  सहायता सहकारी संस्था लिमिटेड रातोपुल छन् ।

त्यसैगरी पुष्पाञ्जलि बचत तथा ऋण सहकारी संस्था लिमिटेड चाबहिल, ओ¥याकल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुतलीसडक, ग्रेस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चाबहिल, मानस बचत तथा ऋण सहकारी संस्था लिमिटेड रविभवन, जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इचंगुनारायण र बाइसधारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बालाजु छन् ।

त्यस्तै रोजगार विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड नक्साल, सुबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुकेधारा, डिमान्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाण्डु, रिक्रियट सर्भिस बचत तथा ऋण सहकारी संस्था लिमिटेड क्षेत्रपाटी, हितैषी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडि बत्तीसपुतली र  हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिमाटी छन् ।

यस्तै साइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कामपा, विश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पिताश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड तीनकुने, संयुक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड गँगबु, गगनचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड गँगबु, परिदृश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालीमाटी, मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, त्रिपल एम बचत तथा ऋण सहकारी संस्था लिमिटेड कामपा, नवनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नागपोखरी, कस्मिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागबजार र मुश्किलमा सजिलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नयाँ बानेश्वर विरुद्ध पनि ठगीको उजुरी परेको छ ।

त्यसैगरी कमलिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड त्रिपुरेश्वर, एपेक्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड मीनभवन, एरिया बचत तथा ऋण सहकारी संस्था लिमिटेड बानेश्वर, रुपान्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड इमाडोल, चार्टर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलादी, सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड  पुरानो बानेश्वर, भीमसेनगोला इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड  लाजिम्पाट, बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड  पुरानो बानेश्वर र  रिनाउन्ड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नयाँ सडक छन् ।

अन्य सहकारीमा हाइस्ट्रिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बबरमहल, नवक्षितिज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  कालिकास्थान, कामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिकास्थान, लिडर्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागबजार, कन्ज्युमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, परिमल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पब्लिक फाइनान्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलादी र अञ्जुलि बचत तथा ऋण सहकारी संस्था लिमिटेड इमाडोल रहेका छन् ।

यसैगरी रश्शा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विशंखुनारायणकरोना बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुसुन्ती, ललितपुर सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विशालचोक अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुमारीपाटी, बालकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इमाडोल, उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलबजार, कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड ग्वार्को, स्टान्डर्ड मल्टिपर्पोज सहकारी संस्था लिमिटेड जाउलाखेल, दीपशिखा बचत तथा ऋण सहकारी संस्था लि मानभवन, सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोक र फ्युचर किज स्वास्थ्य सहकारी संस्था लिमिटेड पुल्चोक विरुद्ध पनि ठगीको उजुरी परेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us