
काठमाण्डु, २६ पुस – सरकारले वैदेशिक लगानी आकर्षण गर्न बंगलादेश, मलेसिया र क्यानडासँग द्विपक्षीय लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता (बिप्पा) को अन्तिम तयारी गरेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार उक्त सम्झौता गर्न सरकारले आवश्यक दस्तावेज सम्बन्धित निकायमार्फत ती मुलुकका सरकारसमक्ष प्रस्तुत गरिसकेको छ ।
‘हामीले सम्झौताको मस्यौदा पठाइसकेका छौँ, जवाफ प्राप्त हुनेबित्तिकै बाँकी काम शीघ्र अघि बढाइने छ,’ विभागका महानिर्देशक टंकमणि शर्माले भने, ‘बंगलादेश, मलेसिया र क्यानडाले सकारात्मक प्रत्युत्तर दिएका छन् ।’
लगानीकर्ताको हित र वैदेशिक पुँजीको प्रवाह अभिवृद्धि गर्न विश्वका विभिन्न मुलुकले बिप्पा गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले भारतसँग बिप्पा सम्झौता गर्द कतिपयले त्यसको चर्काे विरोध गरेका थियो ।