आयल निगम ४४ औं बर्षमा

काठमाण्डु टुडे २०७० पुष २६ गते ४:२२ मा प्रकाशित

oil nigamकाठमाण्डु, २६ पुस–सरकारी स्वामित्वमा रहेर देशमा इन्धन आपूर्ति तथा वितरण गर्दै आएको एकमात्रै संस्था नेपाल आयल निगमले शुक्रबार ४४ औं बार्षिक उत्सव मनाउदै छ ।

आन्तरिक चुहावटलाई नियन्त्रण गर्न नसक्नु तथा राजनीतिक हस्तक्षेपको कारण आयल निगम लगातार घाटामा रहेको छ । घाटामा रहे पनि निगमले आफ्ना कर्मचारीहरुलाई बोनस बाँड्न भने छाडेको छैन । कर्मचारीहरुलाई धेरै सेवा सुविधा दिने संस्थाको रुपमा चिनिने निगम हाल सरकारी अनुदान र ऋणको भरमा चल्दै आएको छ ।

अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन हुन नसक्दा घाटा सहनु परेको निगमको भनाइ छ । हाल मासिक झण्डै दुई अर्ब रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । घाटमा रहे पनि कर्मचारीहरुलाई बोनस बाँडेको कारण यसअघि निगमका उच्च अधिकारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा समेत परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us