आज रत्नननगर महोत्सव

काठमाण्डु टुडे २०७० पुष २६ गते २:५७ मा प्रकाशित

चितवन, २६ पुस–चितवन रत्ननगर महोत्सव शुक्रबाट सुरु हुदैछ । सातौं संस्करणको रुपमा रत्ननगरको टिकौली चौरमा महोत्सव हुन लागेको हो ।

चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा आयोजित महोत्सवको सरकारका मुख्य सचिव लिलामणी पौड्यालले उदघाटन गर्ने कार्यक्रम छ ।
विभिन्न बाजागाजा, जात–जातीका भेषभुषाले सजिसजाउ शोभायात्रा निकालिने छ ।

१० दिनसम्म चल्ने महोत्सवमा ४ सय २७ वटा विभिन्न ब्यबसायीक स्टलहरु रहेका छन् । महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको महोत्सवका संयोजक दिपककुमार कर्माचार्यले बताए ।

चितवनमा कृषीको विकासका लागि महोत्सवमा मत्स्य पालन, केरा खेति, डेरी, पोल्ट्री लगायतका विषयमा राष्ट्रियस्तरको गोष्ठी समेत गरिने छ ।

रत्ननगर उद्योग वाणिज्य संघ तथा रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको ४ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us