कर प्रणाली व्यवस्थित बनाउन सरकार सकृय

काठमाण्डु टुडे २०७० पुष २६ गते ४:२१ मा प्रकाशित

काठमाण्डु, २६ पुस–सरकारले वित्तिय क्षेत्रसँग सम्वन्धित विभिन्न सरकारी निकायहरुसँग बृहद छलफल गर्दैछ । दर्ता भएका बिभिन्न व्यवसायीक फर्महरुलाई करको दायरामा ल्याउन अर्थमन्त्रालय आन्तरिक राजश्व विभागले व्यवसाय दर्ता हुने सम्वन्धित सबै निकायहरुसँग छलफल गर्न लागेको हो ।

छलफलको लागि राष्ट्र बैंक, वीमा समिति, धितोपत्र बोर्ड, उद्योग विभाग र सहकारी विभागका अधिकारीहरुलाई बोलाइएको छ । छलफलबाट कर प्रणाली सुधारको लागि अपनाउनु पर्ने योजनाबारे सुझाव लिइने आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणी शर्माले जानकारी दिए ।

सरकारका बिभिन्न निकायका दर्ता भएका व्यवसायीक फर्महरु कर प्रणालीमा आबद्ध हुन नसकेपछि सरकार कडा रुपमा प्रस्तुत हुने तयारीमा छ । विभागका महानिर्देशक शर्माका अनुसार कर नतिर्ने व्यवसायीक फर्मको अब नविकरण रोक्का सम्मको निर्णय लिइने छ ।

अधिकांश सहकारी संस्था र व्यवसायीक फर्महरुले कर नतिरेको र नविकरण समेत नगराएको पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us