किसानको खेतबारीमा अर्थमन्त्री (फोटो फिचर)

काठमाण्डु टुडे २०७० पुष २५ गते ११:२० मा प्रकाशित

DSC02589काठमाण्डु, २५ पुस – अर्थमन्त्री शंकर कोइरालाले लघु उद्यमीहरुको खेतबारीमै पुगेर सहयोग गर्ने आश्वासन दिएका छन् ।

उद्योग मन्त्रालय अन्तर्गत लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सञ्चालित स्ट्रवरी उत्पादक किसानहरुसंग नुवाकोट ओखरपौवामा भएको छलफलमा मन्त्री कोइरालाले स्ट्रवेरीलाई नेपालबाट निर्यात हुने फलफूलहरुको सूचीमा राख्ने आश्वासन दिए ।

उनले केरा, स्याउ, सुन्तला, जुनारजस्ता फलफूलमा आत्मनिर्भर बन्नका लागि बजेटमा व्यवस्था गरेपनि स्ट्रवरीका विषयमा आफूलाई कसैले नसुझाएका कारण सम्बोधन गर्न नसकेको बताए ।

आयात र निर्यातको घाटाबाट आक्रान्त मुलुकलाई माथि उकास्न कृषिको व्यावसायिकता एकमात्र विकल्प रहेको मन्त्री कोइरालाको भनाइ थियो ।

उनले ७२ हजार केजी स्ट्रवरी विदेशमा निर्यात भएको जानकारीले आपूmलाई थप उत्साही बनाएको भन्दै यसको उत्पादन, व्यावसायिक विकास र निर्यातको प्रवद्र्धनमा भएका समस्या समाधान गर्ने विश्वास दिलाए ।

विभिन्न मन्त्रालयका सचिव, सरोकारवालाहरुसंगै किसानको दैलोमा पुगेका मन्त्री कोइरालाले आपूmहरु सरकारबाट हटेपनि स्थायी सरकारका प्रतिनिधिहरुले किसानका समस्या आत्मसात् गर्ने विश्वास व्यक्त गरे ।

  DSC02589DSC02588DSC02580DSC02590DSC02596

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us