सेन्चुरी बैंकको साधारण सेयर खुल्यो

काठमाण्डु टुडे २०७० पुष २५ गते ४:०० मा प्रकाशित

centurybankकाठमाण्डु, २५ पुस–सेन्चुरी बैंकले बिहीबारदेखि ९२ करोड रुपैयाँ बराबरको ९२ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको छ । आउँदो सोमबारसम्म सेयर बिक्री हुनेछ ।

नागरिक लगानी कोष, नबिल इन्भेस्टमेन्ट, एनसीएम मर्चेन्ट बैंकिङ र ग्रोमर मर्चेन्ट बैंकर सेयर निष्कासन तथा बिक्री प्रबन्धक तोकिएका छन् । देशभरका लगानीकर्ताले ४४ संकलन केन्द्रबाट पनि आवेदन दिन सक्नेछन् ।

सेन्चुरी बैंक सन् २०११ मार्चबाट सञ्चालनमा आएको हो । यसको ऋण पोर्टफोलियोको आकार मध्यम खालको छ । बैंकले गत आर्थिक बर्षसम्म ८ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यसको कुल खराब कर्जा ०.५ प्रतिशत छ । ऋणमध्ये ४९ प्रतिशत कर्पोरेट क्षेत्रमा, २० प्रतिशत रिटेलमा, १६ प्रतिशत सुन–चाँदीमा, ११ प्रतिशत साना–मझौला उद्ययममा र ४ प्रतिशत विपन्न वर्गमा कर्जा लगानी छ ।

बैंकले गत आर्थिक बर्षमा ३० करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने सञ्चालन खर्च २५ करोड ७० लाख रुपैयाँ थियो । उसले गत बर्ष ६ करोड ६० लाख खुद नाफा गरेको थियो । बैंकको पुँजी पर्याप्तता अनुपात ११ दशमलव ८ प्रतिशत छ । राष्ट्र बंैकले १० प्रतिशत पुँजी पर्याप्तता अनिवार्य गरेको छ भने ११ प्रतिशत पुर्याउनेलाई नगद लाभांश वितरणका लागिसमेत अनुमति दिदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us