
काठमाण्डु, २४ – पछिल्लो समयमा नेपालमा खाद्यान्न र तरकारीमा वार्षिक ३ सय ४५ टन विषादीको प्रायोग हुनेगरेको पाइएको छ ।
यो दर एक दशक अघिसम्म ५० टन मात्रै थियो । किसानले विषादीलाई पनि औषधिकै रुपमा बुझ्दा समस्या भएको विज्ञहरुको भनाइ छ ।
नेपालमा सरदर प्रतिहेक्टर १ सय ८२ ग्राम विषादीको प्रयोग भएको तथ्यांक छ । अन्य मुलुकको तुलनामा यो प्रयोग अत्यन्तै न्यून भएपनि प्रयोग विधि थाहा नहुँदा नकारात्मक असर धेरै देखिन थालेको छ ।
अहिले नेपालमा वार्षिक रुपमा ३८ करोड रुपैयाँ बराबरको विषादी आयात भइरहेको छ । नेपालमा मात्रै १५ लाख किसानलाई विषादीले असर पार्दै आएको छ ।
विषादीको प्रयोग गरिएका खाद्यवस्तु, फलफूल, तरकारीको सेवनले मानिसको सिक्ने क्षमतामा ह्रास ल्याउनाका साथै महिलामा स्तन क्यान्सर हुने सम्भावना रहन्छ । रासस