
काठमाण्डु, २४ पुस – नेपाल प्रहरीले केन्द्रीय कार्यालय नक्सालमा रहेको प्रहरी कल्याण पेट्रोल पम्प २४ घण्टा नै चलाउने भएको छ ।
प्रहरीले बुधबारदेखि पेट्रोलपम्प २४ घण्टा नै चलाउने तयारी गरेको हो ।
प्रहरीले सेवा समय विस्तारको कारण नखुलाएपनि पेट्रोल पम्प व्यवसायीले आन्दोलन बताएपछि नयाँ कदम चालिएको बुझिएको छ ।